७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डब्लुएफपीलाई नोबेल शान्ति पुरस्कार

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई प्रदान गरिने भएको छ। भोकमरी र द्वन्द्वग्रस्त क्षेत्रमा आवश्यक सहयोग गरी स्थिति सुधारमा योगदान पु-याएबापत डब्लुएफपीलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय नर्वेजियन नोबेल कमिटीले गरेको हो। 

डब्लुएफपीले सन् २०१९ मा विश्वका ८८ देशका १० करोड मानिसलाई सहयोग गरेको नोबेल कमिटीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा कोरोना भाइसरका कारण उत्पन्न भोकमरी समस्या समाधान गर्न डब्लुएफपीले उल्लेख्य प्रयास गरेको जनाइएको छ। ‘कोरोनाको खोप उपलब्ध नभएसम्म संकट रोक्न खाद्यान्न नै सबैभन्दा उत्तम खोप हो,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ आश्विन २०७७ ००:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App