८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना केयर सेन्टरमा फेरिए दिल्लीका लग्जरी होटल

अम्रित ढिलोन
कोरोना संक्रमितको संख्या बढ्दै गर्दा दिल्लीका २५ लग्जरी होटललाई कोरोना केयर सेन्टरमा परिणत गरिने भएको छ। यी होटलले अब फूलका मालाले नभई मेडिकल गाउनले  ग्राहकको स्वागत गर्नेछन्।

भाइरस संक्रमितलाई अस्पतालमा पर्याप्त बेड नभएपछि होटलमा राख्ने विश्वकै पहिलो सहर बनेको छ दिल्ली। सामान्यदेखि मध्यम खाले लक्षण देखिएका बिरामीलाई यसै सातादेखि राजधानीका यी होटलमा राखी उपचार गरिनेछ। होटल कर्मचारीलाई उपचार गर्न प्रशिक्षणसमेत दिइएको छ।

कतिपय होटल कर्मचारीले नया“ भूमिकाप्रति अनिच्छा हुँदाहँुदै पनि स्वीकार गरेको बताएका छन्। उनीहरु पाहुनालाई सत्कार गर्ने आफ्नो सीप बिरामीको उपचारका लागि फेर्न अनिच्छुक देखिएका छन्।

होटलका सहयोगी कर्मचारीलाई प्रशिक्षण दिँदै आएका कन्नु शर्माले गत साता दिल्लीको सूर्या होटलमा ७५ कर्मचारीलाई प्रशिक्षण दिने क्रममा सबैका त्रसित आ“खाले आफूलाई एकटक नियालेको अनुभव सुनाए। ‘उनीहरु आफ्नो सुरक्षा, परिवारलाई आफ्ना कारणले भाइरसको संक्रमण  हुन सक्ने डर तथा निर्मलीकरण र बायोमेडिकलजन्य फोहोर व्यवस्थापनमा हुने कठिनाइजस्ता विषयमा डराएका देखिए’, उनले भने।

होटलमा हरबखत डाक्टर र नर्सको उपस्थिति रहने, व्यक्तिगत सुरक्षा सामग्री (पिपिई० लगाउन र फोहोर वर्गीकृत गर्न समस्या भएमा सहयोग गरिने बताएपछि प्रशिक्षार्थीको चिन्ता हटेको उनले बताए। केयर सेन्टरमा परिवर्तन हुने हरेक होटलको नजिकै रहेको कोभिड १९ अस्पतालस“ग सीधा सम्बन्ध स्थापना गरिनेछ। प्रशिक्षक शर्मा सूर्या होटलदेखि केही मिटरको दूरीमा रहेको होली फेमिली अस्पतालका कर्मचारी हुन्। सो अस्पतालले होटलमा काम गर्ने मेडिकल टिमको चयन गरिरहेको छ।

दिल्लीमा हरेक दिन त्यहाँका अस्पतालले बिरामी भर्ना नलिएको समाचार सार्वजनिक हुने गरेका छन्। दिल्लीका अस्पतालमा रहेका कुल ९ हजार बेडसंख्या बढाउन सहरका अधिकारीलाई चर्काे दबाब छ। दिल्लीका मुख्यमन्त्री केजरीवालले जुलाईसम्म कोरोना संक्रमितको संख्या ५ लाख पुग्ने र १ लाख ५० हजार बेड आवश्यक रहने अनुमान गरेका छन्। होटल र ब्याङ्क्वेट प्रयोग गरेर १५ हजार थप बेडको जोहो गरिए पनि संक्रमितको बढ्दो संख्यालाई व्यवस्थापन गर्न कठिन हुने तर युले अस्पतालहरुमा बिरामीको चाप घट्ने र उनीहरु सघन बिरामीको उपचारमा केन्द्रित हुन पाउने अपेक्षा गरिएको छ।

भाइरस संक्रमितलाई अस्पतालमा पर्याप्त बेड नभएपछि होटलमा राख्ने विश्वकै पहिलो सहर बनेको छ दिल्ली। सामान्यदेखि मध्यम खाले लक्षण देखिएका बिरामीलाई यसै सातादेखि राजधानीका यी होटलमा राखी उपचार गरिनेछ।

प्रशिक्षक शर्माले होटलका कर्मचारीले छिटो सिक्ने विश्वास गरेका छन्। उनले बेडका तन्ना, सिरानी तथा सिरकका खोललाई लन्ड्रीमा धुन पठाउनुअघि विशेष रसायनले धुनुपर्ने र घाममा ३ घण्टासम्म सुकाउनुपर्ने बताए। ‘पिपिई कसरी लगाउने भनेर एकजना नर्सले होटल कर्मचारीलाई सिकाउने क्रममा प्रशिक्षण स्थलमा झन् त्रास बढेको थियो’, शर्मा भन्छन्। एकजना प्रशिक्षार्थीले आफूले पिपिई गलत ढंगले लगाउन सक्ने र भाइरस संक्रमणका हिसाबले सधैं जोखिममा रहने बताएको पनि शर्माले सुनाए।  

त्यसो त होटललाई कोरोना केयर सेन्टरमा परिवर्तन गर्न धेरै काम बाँकी छ। होटलका लिफ्टमा स्ट्रेचर अट्न सक्दैनन् भने मिलाउनु छ। एयर कन्डिसनर प्रणालीलाई अनुकूलित पार्नुपर्ने हुन्छ। यसैगरी हरेक कोठामा अक्सिजन, मोनिटरिङ मेसिन तथा कल बेल जडान गर्नुपर्ने हुन्छ। यसैगरी बायोमेडिकलजन्य फोहोर व्यवस्थापन उत्तिकै चुनौतीपूर्ण छ।

त्यसो त सरकारको यो निर्णयलाई लिएर होटल व्यवस्थापनले विरोध गरेको छ। ‘हाम्रो सबैभन्दा ठूलो चिन्ता कर्मचारीलाई लिएर हो,’ सूर्या होटलका अपरेसन उपाध्यक्ष ग्रिस ब्रिन्दाले टाइम्स अफ इन्डियासँग भने। ‘होटल कर्मचारी विपद् व्यवस्थापन र औषधिका लागि प्रशिक्षित छैनन्। त्यसैले उनीहरुले धेरै प्रश्न गर्नु स्वाभाविक हो’, ब्रिन्दाले भने। होटलका कर्मचारीलाई मेडिकल उपचारमा कति संलग्न गराउने भन्ने विषयमा स्पष्ट भइसकेको छैन। दिल्ली मेडिकल एसोसिएसनका अध्यक्ष डा. गीरीश त्यागी बिरामीको तापक्रम लिन, अक्सिजनको लेभल हेर्न तथा बिरामीलाई हस्पतालमा सार्न आवश्यक भएनभएको पहिचान प्रशिक्षित कर्मचारीले गर्न सक्ने बताए।

पर्यटक नभएपछि व्यवसायमा घाटा बेहोरेका होटल मालिक भने सरकारले गरेको यो निर्णयप्रति असन्तुष्ट छन्।  हरेक रातको ५ हजार भारतीय रुपैयाँ (५३ अमेरिकी डलर) मा होटलले संक्रमितलाई सेवा दिनुपर्ने व्यवस्था गरिएको छ। यी निर्णय गर्दा आफूहरुलाई सहभागी नगराइएको गुनासो होटल व्यवसायीको छ।

होटल उद्योगका परामर्शदाता मानव थाडनी भारतका अन्य कुनै सहर र विश्वमा पनि कहीं कतै होटललाई केयर सेन्टरमा परिवर्तन गर्ने निर्णय नभएको बताउँछन्। होटलले यस्तो सेवा दिन थालेपछि तलबमान तथा पिपिईलगायतका अन्य अत्यावश्यक सामानका कारण खर्च बढ्ने उनको तर्क छ। ‘होटलले धेरै खर्च गर्नुपर्नेछ तर आम्दानी कम हुनेछ’, उनी भन्छन्, ‘यो मूल्य अलि बढी हुनुपथ्र्यो र सरकारले यसमा सहयोग गर्नुपथ्र्याे।’
(गार्जियन डटकममा असार ८ गते प्रकाशित सामग्रीको अनुवाद)

प्रकाशित: ९ असार २०७७ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App