१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाको फ्लोरिडा राज्यमा दुर्घटना, तीन जनाको मृत्यु

फ्लोरिडा- अमेरिकाको फ्लोरिडा राज्यको पाल्म बिचमा भएको सवारी दुर्घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेको समाचारअनुसार रेल र कार एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो।

रेलको बाटो पार गरेर अर्कोतर्फ जान खोजीरहेको कारलाई रेलले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

रेलले ठक्कर दिएको कार पूर्ण रुपमा कुच्चिएको अधिकारीहरुले जानकारी दिएका छन्। रेलतर्फका भने केही क्षति नभएको र कोही पनि घाइते नभएका सो रेल सञ्चालक संस्थाले जनाएको छ। एएनआई

प्रकाशित: ८ मंसिर २०७६ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App