६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कुवेतका प्रधानमन्त्रीद्वारा राजीनामा

कुवेत सिटी (एजेन्सी) – कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा दिएका छन्।

कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजीनामा दिएका हुन्। सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गरेको वक्तव्यमा प्रधानमन्त्रीको राजीनामाको कारण भने केही खुलाइएको छैन।

सत्तारुढ सांसदहरूले संसद्मा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएका हुन्।

खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद् पुनर्गठन बेलाबखत भइरहने गरेको छ र पछिल्लो मन्त्रिपरिषद् गठन भएको दुई वर्ष पनि पुगेको छैन।

प्रकाशित: २९ कार्तिक २०७६ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App