१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काबुल विस्फोटमा सात जनाको मृत्यु

file photo

काबुल- अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बुधबार बिहान ७ बजेर २५ मिनेटमा सो विस्फोट भएको थियो।

यस विस्फोटमा अन्य सात जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिएका छन्।

शक्तिशाली विस्फोटन भएको नजिकै रहेका भवनहरू, केही पसल र सवारी साधनमा समेत क्षति पुगेको जनाइएको छ।

गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कारबम आक्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताएका छन्।

बम विस्फोट गरिएको सो इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास सुरु गरिएको छ। उक्त आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएका छैनन्। सिन्हवा  

 

प्रकाशित: २७ कार्तिक २०७६ ०९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App