१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लुला जेलमुक्त

रियो दी जेनेरियो – ब्राजिलका पूर्वराष्ट्रपति लुइजा इनासिओ लुला डा सिल्भा जेलमुक्त भएका छन्। ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको कुरितिबाबाट उनलाई शुक्रबार रिहा गरिएको अधिकारीहरुले जनाएका छन्।

सत्तामा रहँदा पदको अनावश्यक फाइदा उठाई आर्थिक अपचलन गरेको तथा भ्रष्टाचारमा संलग्न रहेको अभियोगमा लुलालाई ब्राजिलको अदालतले जेल सजाय तोकेको थियो।

अदालतको आदेशअनुसार उनले कुरितिबास्थित संघीय प्रहरी मुख्यालयमा जेल सजाय भोग्दै आएका थिए। ब्राजिल वकर्स पार्टी (पिटी)का नेतासमेत रहेका पूर्वराष्ट्रपति लुला हिरासत मुक्त हुन लागेको बेला उनका धेरै समर्थकले खुसीयालमा नारा लगाएका थिए।

उनलाई ब्राजिलको सर्वोच्च अदालतको आदेशमा रिहा गरिएको हो। ब्राजिलमा एउटा मुद्दामा तीन पटकसम्म पुनरावेदन गराउन पाइने व्यवस्था भएअनुसार पुनरावेदन गरिएपछि उनलाई रिहा गरिएको जनाइएको छ। पुनरावेदनका लागि दिइएको निवेदनको अन्तिम किनारा नलागेसम्म उनलाई थुन्न नपाइने अदालतको आदेश रहेको अधिकारीले जनाएका छन्।

न्यायाधीश डानिलो पेरेइरा जुनिरको इजलाशले पूर्वराष्ट्रपति लुलालाई थुनामुक्त गर्न शुक्रबार आदेश दिएको हो। पूर्वराष्ट्रपति लुलालाई सन् २०१७ मा भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै कारागार चलान गरिएको थियो। उनले भने आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै अस्विकार गर्दै आएका छन्। राजनीतिक पूर्वाग्रहका आधारमा आफूलाई मुद्दा लगाइएको उनको जिकिर रहँदै आएका छ।

सत्तामा रहँदा पदको अनावश्यक फाइदा उठाई आर्थिक अपचलन गरेको तथा भ्रष्टाचारमा संलग्न रहेको अभियोगमा लुलालाई ब्राजिलको अदालतले जेल सजाय तोकेको थियो। ब्राजिलमा अहिले पनि निकै लोकप्रिय नेता लुलालाई यसअघिको निर्वाचनमा उम्मेदवारी दिनसमेत नपाइने गरी आदेश गरिएको थियो।

प्रकाशित: २४ कार्तिक २०७६ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App