७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कङ्गोमा सडक दुर्घटनामा परी २४ जनाको मृत्यु

किन्सासा– कङ्गोको राजधानी शहर किन्सासामा आइतबार बिहान सबेरै भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

अंगोलाको सीमा क्षेत्रीय कङ्गोली शहर लुफुतर्फबाट आइरहेको सो बस किन्सासा नजिकै दुर्घटनामा परेको थियो। राजमार्गमा गुडिरहेको बस अकस्मात दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। बसको ब्रेक फेल भएका कारण उत्पन्न समस्याबाट यो दुर्घटना हुन पुगेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।

दुर्घटनामा परेको सो बस सीमावर्ती शहर अंगोलाको लुफुबाट राष्ट्रिय राजमार्ग नम्बर १ किन्सासातर्फ जाँदै गरेको र आइतबार मध्यरात करिब १ बजे दुर्घटनामा परेको थियो।

बस म्बान्जा नगन्गुु गाउँनजिकै सडकमा आई दुर्घटनामा परेको र त्यसमा आगलागि समेत भएको थियो। सो बसमा यात्रुहरुका अतिरिक्त इन्धन र मदिरा समेत रहेको अधिकारीहरुको भनाई छ।

बसमा भार बढी भएकोले दुर्घटनामा परेको र उक्त बसमा इन्धन तथा मदिरासमेत रहेकाले आगो लागेको उक्त क्षेत्रका प्रहरी अधिकारीहरुको भनाई छ। रासस

प्रकाशित: ४ कार्तिक २०७६ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App