१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जर्जियाका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा

जर्जिया- जर्जियाली प्रधानमन्त्री मामुका बाख्ताजीद्वारा सोमबार पदबाट राजीनामा दिन लागेको फेसबुकमार्फत घोषणा गरेका छन्। रूससँगको निकट सम्बन्ध र अन्य बेथितिलाई सडकबाट उठाइरहेका सरकार विरोधी प्रदर्शनकारीले आफ्नो आन्दोलनलाई सशक्त बनाउँदै लगेका समय प्रधानमन्त्रीको राजीनामा घोषणा भएको हो। 

उनले फेसबुकको आफ्नो पेजमा लेखेका छन्, 'मैले प्रधानमन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु किनकि मेरो विचारमा आफ्नो लक्ष्य अनुसार काम पूरा गरिसकेको छु।' 

सन् २०१८ को जुनदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका बाख्ताजीले उक्त सन्देशमा जर्जियाको सत्ताधारी दल ड्रिम पार्टीका पार्टी प्रमुखसमेत रहेका धनाड्य बिजिना इभानिसभिलाई आफ्नो कार्यकालमा सहयोग र विश्वास दिएकोमा धन्यवाद ज्ञापन गरेका छन्।

यसैबीच जसर्जयाली ड्रिम पार्टीका सांसद जजाई भोल्स्कीलाई उद्धृत गरी रूसी इन्टरफ्याक्स न्यूज एजेन्सीले सत्ताधारी दलले नयाँ प्रधानमन्त्रीको चयनका लागि आवश्यक गृहकार्य थालेको र मङ्गलबारसम्म नयाँ घोषणा गर्ने सम्भवना रहेको उल्लेख गरेको छ।

भोल्स्कीले भने, 'अहिलेसम्म प्रधानमन्त्री परिवर्तनका बारेमा शतप्रतिशत निश्चितता गरेका छैनाैं तर नयाँ सरकारको गठनका सम्बन्धमा कुराकानी चलेको छ।' तर जर्जियाका सञ्चारमाध्यमले वर्तमान् गृहमन्त्री जजाई गाखारियालाई नयाँ नेतृत्वमा ल्याइने सम्भावनाबारे समाचारमा उल्लेख गरेका छन्।

 सन् २००८ मा रूसीविरूद्ध छोटो लडाईसमेत लडेका जर्जियामा गत जुनमा एक सांसदले जिर्जियाको संसदमा बोलेको बिषयलाई लिएर प्रतिपक्षी दलले सरकारविरोधी अभियान चलाउँदै आएको छ। जसका कारण प्रधानमन्त्रीको राजिनामा आएको अनुमान गरिएको छ। एएफपी

प्रकाशित: १६ भाद्र २०७६ १३:१५ सोमबार

जर्जिया प्रधानमन्त्री राजीनामा