२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कश्मीरमा भारतीय कदम अस्वीकार्यः अमेरिकी नेता स्यान्डर्स

काठमाडौं– अमेरिकी बरिष्ठ नेता बर्नी स्यान्डर्सले कश्मीरमा भारतीय कदम अस्वीकार्य रहेको बताएका छन्। डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारमा दाबेदारसमेत रहेका स्यान्डर्सले कश्मीरको अवस्थालाई लिएर आफू चिन्तित रहेको बताए।

सुरक्षाको नाममा कश्मीरमा विरोधको आवाजलाई दबाइएको र स्वास्थ्य सेवाबाट समेत नागरिकलाई वञ्चित गरिएको भन्दै कडा आपत्ति जनाए। ‘भारतमा कैयौ चिकित्सकले कश्मीरमा भारत सरकारले लगाएको प्रतिबन्धका कारण विरामीको अतिआवश्यक उपचार समेत नपाएको उल्लेख गरेका छन्’, नेता स्यान्डर्सले भने।  

अमेरिकी मुस्लिम समुदायको एक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेता स्यान्डर्सले कश्मीरबारे आफ्नो धारणा राखेका हुन्। उनले जम्मू–कश्मीरमा सञ्चार सेवामा लगाइएको प्रतिबन्ध तुरुन्त हटाउन पनि माग गरे। उनले अमेरिकी सरकारले अन्तर्राष्ट्रिय मानवअधिकारको पक्षमा खुलेर बोल्नुपर्ने माग पनि गरे।  

यसअघि अमेरिकी सांसद एण्डी लेविनले पनि कश्मीर मुद्दालाई लिएर नरेन्द्र मोदी सरकारको आलोचना गरेका थिए। मोदीले लोकतान्त्रिक मूल्य र मानवअधिकार उल्लंघन गरेको उनको भनाई थियो। 

यसैक्रममा एक अमेरिकी थिंक ट्यांकले पनि भारत प्रशासित कश्मीरको अवस्थाले आफगानिस्तानको शान्ति वार्तामा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको थियो। 

प्रकाशित: १६ भाद्र २०७६ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App