२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी गोलीकाण्डः तीन जनाको मृत्यु, १५ जना घाइते

लस एन्जेलस– अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको खानेकुराको एक मेलाको क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ। 

‘द गिलरोए गार्लिक फेस्टिबल’ नाम दिइएको यस मेलाको अन्तिम दिन आइतबार मेलामा सहभागी हुन आएका व्यक्तिमाथि गोली प्रहार हुँदा अरु पन्ध्र व्यक्ति घाइते भएका छन्।

यस आक्रमणको क्रममा एक संदिग्ध बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। सान जोसे शहरबाट ४८ किलोमिटर दक्षिणपूर्वमा रहेको गिलरोए शहरमा सो गोलीकाण्ड भएको थियो।

एक मिनेटभन्दा पनि कम समयमा उक्त गोलीकाण्ड भएको जनाइएको छ। प्रत्यक्षदर्शीका अनुसार एक बन्दुकधारीले अर्धस्वचालित बन्दुकबाट गोली प्रहार गरेका थिए। तीन दिनको यस पर्वमा लसुनका परिकार हेर्न हजारौं व्यक्ति भेला भएका थिए। लसुनबाट बन्ने विभिन्न परिकारको प्रतियोगिताको रुपमा रहेको यस मेलामा हरेक वर्ष करिब एक लाख व्यक्तिको उपस्थिति रहँदै आएको मेला आयोजकहरुले बताएका छन्। मेलामा लसुनबाट बन्ने विभिन्न खानेकुरा र पेयपदार्थ राखिएका थिए। 

यस बन्दुक आक्रमणको खास कारण भने प्रष्ट हुन सकेको छैन्। अमेरिकामा वर्षैपिच्छे ठुल्ठूला गोलीकाण्ड हुने गरेका छन् जहाँ अत्याधिक हतियारको आडमा आममानिसमाथि जथाभावी गोली प्रहार हुने गरेको छ। बन्दुक हिंसाका कारण अमेरिकामा बर्सेनि ४० हजारको हाराहारीमा मानिसको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन्। एएफपी

प्रकाशित: १३ श्रावण २०७६ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App