तेगुसिगाल्पा– हन्डुरसको मस्कुइटो तटीय क्षेत्रमा बुधबार माछा मार्ने एक डुङ्गा दुर्घटनामा परी नौ माझी वेपत्ता भएका छन्।
यस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भइसेकेको छ। माछा मार्नको लागि प्रायोग हुदै अएको यस डुङ्गामा ९१ जना यात्रु सवार रहेका ती मध्ये ५५ जनालाई उद्धारकर्ताहरुले जिवितै उद्धार गर्न सफल भएका छन्। सो दुर्घटनामा हराइरहेका ती व्यक्तिहरुको खोजी कार्य जारी रहेको उद्धारकार्यमा संलग्न अधिकारीहरुले जानकारी दिएका छन्।
दुर्घटना भएको यस डुङ्गाको ३१ जना यात्रु बोक्ने मात्र क्षमता रहेकामा ९१ जना यात्रु सवार रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले जानकारी दिएको छ। रासस
प्रकाशित: २० असार २०७६ ०८:४९ शुक्रबार