२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अविरल वर्षापछि छ लाख व्यक्तिलाई अन्यत्रै सार्न आदेश

टाेकियाे– जापानको उत्तरपश्चिमी राज्य कागोशिमामा वसोवास गर्दै आएका करिब ६ लाख स्थानीयहरुलाई त्यहाँबाट अन्यत्रै सार्न सरकारले स्थानीय अधिकारीहरुलाई आदेश दिएको जापानी सार्वजनिक सञ्चारमाध्यम एनएचकेले बुधबार जनाएको छ।

दक्षिणपश्चिम जापानको क्युसु द्वीपलगाउत कागोशिमा प्रान्तको प्रान्तीय राजधानी कागोशिमा सहरमा परेको अबिरल वर्षापछि सरकारको सो आदेश आएको हो। कागोशिमा शहरमा स्थानीय समयानुसार बुधबार बिहान ७ बजेबाट ८ बजेसम्म ४० मिलिमिटर वर्षा भएपछि झनै त्रास बढेको पनि एनएचकेको समाचारमा जनाइएको छ। यसरी भारी मात्रामा वर्षा भएपछि यसबाट पहिरो जानसक्ने सम्भावना पनि रहेको चेतावनी दिदै सो इलाकाबाट ती नगरवासीलाई विस्थापित गरी अन्यत्र सार्न जापान सरकारले स्थानीय अधिकारीहरुलाई भनेको हो।

अबिरल रुपमा परेको यो वर्षा बिहीबारसम्म जारी रहने अनुमान गरिएको छ। क्युसु द्वीप इलाकामा ८० मिलिमिटर प्रति घण्टाको हिसाबले वर्षा हुने अनुमान यहाँका मौसमविद्हरुले जानकारी दिएका छन्। त्यस क्षेत्रमा अन्यत्रको तुलनामा बढी पानी पर्ने अनुमान यहाँको मौसम विज्ञान विभागले गरेको थियो। तर पनि यहाँबाट स्थानीय नागरिकलाई सार्ने काम बुधबार बिहानसम्म पनि गरिएको थिएन।

तर बुधबार बिहान जापान सरकारले यो आदेश दिएपछि यहाँका सुरक्षा निकाय र उद्वारकर्मीहरु यहाँका स्थानीय नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने तयारीका लागि जुटेका बताइएको छ।

प्रकाशित: १८ असार २०७६ १०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App