२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मानिसको पेटमा नेलकटर !

राजस्थान - उदयपुरको एमबी अस्पतालमा शनिवार एउटा अचम्मको घटना भयो। दृष्य देखेर डाक्टरहरु नै अचम्वित भए। जब, उनीहरुले एक बिरामीको शल्यक्रिया गरी ५० थरी विभिन्न फलामका टुक्रा निकाले। सबैले भने यो कसरी भयो।

सलूम्वर स्थित २४ बर्षका गजेन्द्रको पेटको सर्जरी गरेर डाक्टरले चावी, नेलकटर, औठी, पिन, क्लिप, सिक्का, चिलिम लगाएत विभिन्न फलामका टुक्राहरु निकालेका थिए।

सर्जरी विभागका डा. डिके शर्माका अनुसार युवक कुलतमा परेका थिए। उनी रक्सी, तथा नशालु पदार्थ सेवन गर्थे। नशाकै सुरमा उसले यस्ता सामाग्री निलेको हुन सक्छन्।

पेट दुख्ने, उल्टी हुने र खाना खान नसक्ने समस्या बताउँदै १५ दिन अगाडि युवक अस्पताल भर्ना हुन आएका थिए।

युवकको पेटमा एक्स–रे गर्दा केही सामान देखा परेपछि डाक्टरले इन्डेस्कोपी गरेका थिए। पेटमा फलाम भएको पुष्टी भएपछि डाक्टरहरुले उनको ९० मिनेट लगाएर सर्जरी गरेका थिए।

डाक्टरका अनुसार गजेन्द्र मनोरोगी थिए। नशाको सुरमा उनी जे पनि खाइदिन्थे। नेटकटर जस्तो धारीलो सामाग्री पनि निल्नु अनौठो घटना हो।

युवकको उपचार भइरहेको र उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

 

 

 

प्रकाशित: २ असार २०७६ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App