१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्री बीच भेटवार्ता

तस्बिरः एजेन्सी

वासिङ्टन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जे आबेबीच अमेरिकामा भेटवार्ता भएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शुक्रबार भएको भेटवार्तामा उनीहरुले दुई पक्षीय हित, व्यापार तथा अन्य विविध विषयमा छलफल भएको बताइएकाे छ। भेटवार्ता हुनु अगाडी ट्रम्प र आबेले पत्रकारहरुसँगको कुराकानीमा व्यापार सम्झौताको तयारी भएको बताएका थिए। त्यसैका लागि जापानी प्रधानमन्त्री आबे ह्वाइट हाउस आएको उनीहरुको भनाई थियो।

ट्रम्पले वासिङ्टन र टोकियोबीच विगतको सम्वन्धमा थप सुधार गर्दै दीर्घकालिन सम्झौता हुन लागेको पनि बताएका थिए। विश्वका प्रभावशाली दुई देशका यी शीर्ष नेताबीच सिमा शुल्कका बारेमा भने अहिले पनि मतान्तर नै रहेको छ। चीनमा विश्व नेताहरुको सम्मेलन भइरहेका बेला भएको ट्रम्प र आबेको भेटवार्तालाई विश्वभरी नै चासोका साथ हेरिएको छ। रासस

प्रकाशित: १४ वैशाख २०७६ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App