१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोलम्बोमा आक्रमण, २० बढीको मृत्यु

श्रीलंका – श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ वटा पाँचतारे होटलमा भएको आक्रमणमा परेर २० भन्दा बढीको मृत्यु भएको छ भने तीन जति घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

कोलम्बो नेसनल अस्पतालका निर्देशकले भने– ‘आइतवार बिहानै भएको आक्रमणमा २० भन्दा बढीकाे मृत्यु भइसकेको छ भने घाइतेहरुलाई अस्पताल पुर्याइएको छ ।’ स्थानिय समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा आक्रमण भएको थियो ।

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा यी विस्फोटनहरू भएका हुन्। प्रत्येक वर्ष अप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्वमा मनाइन्छ। विस्फोटनपछि संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाइएको छ।

चार वटा चर्च आक्रमणकारीको निशानामा राखिएको थियो । कोचिकाडा चर्च, कटुवापितिया चर्च, किङ्सबेरी चर्च, बेतिकोला चर्चलाई निशानामा राखिएको थियो ।  श्रीलङ्काको अन्य बिभिन्न क्षेत्रमा पनि आक्रमण भएको प्रहरी प्रवक्ता रुवान गुनसेकेराले बताएका छन् । आक्रमण कसले र किन गराएको भन्ने कुरा पुष्टि भएको छैन।

 

प्रकाशित: ८ वैशाख २०७६ ०५:५७ आइतबार

श्रीलंका आक्रमण गिरिजाघर विस्फाेट