२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मसूदका भाइसहित ४४ आतंककारी पक्राउ

इस्लामावाद– पाकिस्तानले चरमपन्थी संगठन जैश ए मोहम्मदका संस्थापक मसूद अजहरका दुई भाइसहित ४४ जनालाई नियन्त्रणमा लिएको छ। 

काश्मिरको पुलवामामा ४२ जना भारतीय सैनिकको ज्यान जाने गरी भएको आत्मघाती आतंकवादी आक्रमणको जिम्मेवारी जैश ए मोहम्मदले लिएका बेला पाकिस्तानले मंगलबार मसूदका भाई मुफ्ती अब्दुल र हम्माद अजहरसहित ४४ जनालाई नियन्त्रणमा लिएको हो। 

पाकिस्तानका गृह राज्यमन्त्री शेरायर अफ्रीदीले पत्रकार सम्मेलन गरेर ४४ जनालाई छानविनका लागि नियन्त्रणमा लिएर हिरासतमा राखिएको जानकारी दिए। यो कारवाही सबै प्रतिबन्धित संगठन विरुद्ध हुने उनको भनाई छ। राष्ट्रिय सुरक्षा योजनाअन्तर्गत यो कारवाही सुरु गरिएको उनले स्पष्ट पारे।

पुलवामा घटनामा भारतले पाकिस्तानमाथि दोष लगाइरहेका बेला पाकिस्तानले जैश ए मोहम्मदविरुद्ध एक्सन लिएको छ। यसअघि भारतीय युद्धक विमानका पाइलट अभिनन्दन वर्तमानलाई शान्तिको संकेतका रुपमा रिहा गरेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विश्वको ध्यान खिँचेका थिए। 

 

जैश_ए_मोहम्मद मसूद_अजहर पाकिस्तान पुलवामा