२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लागू औषधसहित ४ युवक पक्राउ

उदयपुर– उदयपुरमा प्रतिबन्धित लागू औषधसहित ४ युवक पक्राउ परेका छन्। शुक्रबार प्रहरीले अबैध लागूऔषधसहित जिल्लाको त्रियुगा नगरपालिका ६ का ३४ वर्षीय गणेश चौधरी, त्रियुगा ११ का २४ वर्षीय बिगेश राई, २४ कै अशोक भन्ने आशिष राईलाई पक्राउ गरेको जनाएको छ। 

गोप्य सूचनाको आधारमा त्रियुगा नगरपालिका ११ साकेला टोलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेको साथबाट प्रतिबन्धित फेनारागन ७ थान (एम्पुल), लुपिजेसिक ७ एम्पुल, डाईजेल्याव ७ एम्पुल र ४ थान सिरिन्ज बरामद भएको छ। 

शुक्रबारै प्रहरीले उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ को लालपत्तामा यात्रुबाहक सवारीसाधन चेकजाँचको क्रममा सप्तरी सुरुङ्गा नगरपालिका ११ का २० वर्षीय रामबाबु चौधरीलाई पक्राउ गरेकोे छ। पक्राउ चौधरीको साथबाट १ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। 

पक्राउ चारै जनाई जिल्ला सदरमुकाम ल्याएर थप अनुसन्धान अघि बढाइएको छ। केही दिनयता लागू औषधको कारोबार र प्रयोग तिब्र बढेको सूचनाको आधारमा प्रहरीले जिल्लाव्यापी सञ्जाल बनाएर खोज अनुसन्धान गर्ने क्रम बढाएको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताएका छन्। राईका अनुसार साता दिनअघि मात्र अहिलेसम्मकै ठूलो परिमाणको लागू औषधसहित केही युवा पक्राउ परेका थिए। पक्राउ परेका युवाहरुको बयानका आधारमा थप लागू औषध कारोबारी र प्रयोगकर्ता पक्राउ पर्ने क्रम बढेको राईले बताएका छन्।

प्रकाशित: ११ फाल्गुन २०७५ ०९:४२ शनिबार

लागू_औषध उदयपुर