७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केन्याका प्रधानन्यायाधीश सडक दुर्घटनामा घाइते

केन्या - केन्याका प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका अध्यक्ष ड्याभिड मारागा शनिबार एक सडक दुर्घटनामा परी घाइते हुनुभएको अधिकारीहरूले बताएका छन्।

प्रधान न्यायाधीश मारागा तथा उहाँकी श्रीमती युकावेथ न्याबोके नैरोबीबाट करिब १७० किलोमिटर टाढा रहेको नाकारू जिल्लाको नोरो क्षेत्रमा एउटा चर्चमा प्रार्थनाका लागि जाने क्रममा सडक दुर्घटनामा पर्नुभएको हो।

उहाँहरू दुबैजनालाई राष्ट्रपति उहुरू केन्याटाको निर्देशनमा हेलिकोप्टरमार्फत उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। दुबैको अवस्था स्थिर रहेको र टाउकोको चोट भएकोले चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको अस्पताल स्रोतलाई उद्धृत गरी केन्याको राष्ट्रिय दैनिकले लेखेको छ।

प्रकाशित: ८ पुस २०७५ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App