१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा रेलले किच्दा ६२ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

तस्बिर : बीबीसी हिन्दी

नयाँ दिल्ली- भारतमा रेलले किच्दा ६२ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते छन्।

बीबीसी हिन्दीका अनुसार विजयादशमीका अवसरमा पञ्जाबको अमृतसरमा लागेको दशहरा मेलाअन्तर्गत शुक्रवार साँझ रावणको पुत्ला दहन हेरिरहेका मानिसहरुको भीडमाथि रेल गुडेको थियो। मेला हेर्न पुगेका स्थानीय रेलको लिकमा उभिएका बेला जालंधरबाट प्रतिघण्टा १ सय किलोमिटर रफ्तारमा आएको रेलले किच्दा मर्नेको संख्या ६२ पुगेको अमृतसरका पुलिस कमिश्नर सुधांशु शेखर श्रीवास्तवले बताएका छन्।  

घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी नेता राहुल गान्धि, पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्द्र सिंहले दुःख व्यक्त गर्दै राहत र उद्दारमा खटिन मातहत निकायलाई निर्देशन दिएका छन्। 

प्रकाशित: ३ कार्तिक २०७५ ०३:३६ शनिबार

रेल_दुर्घटना पञ्जाबको_अमृतसर