१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्धकालीन यौनहिंसा विरुद्धका अभियन्तालाई नोबेल शान्ति पुरस्कार

नर्वे – यस वर्षको नोबल शान्ति पुरस्कार युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्।

नर्वेस्थित नोबेल पुरस्कार समितिले उनीहरुलाई युद्धका क्रममा पीडित भएका जनताको रक्षामा महत्वपूर्ण योगदान पुराएको भन्दै सन् २०१८को शान्तिका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो।

कुर्दिस महिला मुराद इस्लामिक स्टेट(आईएस)का लडाकुको बलात्कार तथा हिंसामा परेर मुक्त भएपछि कुर्दिस जनताको मुक्ति अभियानमा परिचित बनेकी थिइन्।

कंगोका चिकित्सक मुक्वेजे युद्दका समयमा यौन हिंसा पीडितको जीवन रक्षामा महत्व पूर्ण भूमिका निर्वाह गरेका थिए। उनले यौन हिंसामा परेका महिलाको उपचारमा विशेष योगदान पुराएका थिए। 

पुरस्कार समितिले यौन हिंसालाई युद्धको हतियार बनाउने कार्यको अन्त्यका लागि गरेको प्रयासको कदर गर्दै उनीहरुलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको जनाएको छ। नोबेल शान्ति पुरस्कारका लागि यो वर्ष ३३१ व्यक्ति तथा संस्थाको प्रस्ताव आएको थियो।

 

 

प्रकाशित: १९ आश्विन २०७५ १०:२२ शुक्रबार

नोबल_शान्ति_पुरस्कार यौन_हिंसा नाडिया_मुराद डेनिस_मुक्बेजे