१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिम्बाबे निर्वाचनः सत्तारुढ दल जानु–पिएफको अग्रता

हरारे- जिम्बाबेको निर्वाचन आयोगले मङ्गलबार राति सार्वजनिक गरेको मतगणनाको ताजा विवरण अनुसार सत्तारुढ पार्टी जिम्बाबे अफ्रिकन नेसनल युनियन–प्याट्रिओटिक फ्रन्ट (जानु–पिएफ) ले संसदमा अग्रता बनाएको छ। राष्ट्रिय सभाका घोषित ४८ स्थानमध्ये जानु–पिएफले ३६ स्थानमा विजय हासिल गरेको छ। 

विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) को गठबन्धनले ११ स्थान र नेसनल पेट्रिओटिक फ्रन्ट (एनपीएफ) ले एक स्थान जितेको छ। आयोगले कूल २१० स्थान रहेको राष्ट्रिय सभामा बुधबारसम्म १६२ स्थानको नतिजा सार्वजनिक गर्ने जनाएको छ। 

तर राष्ट्रपतिको निर्वाचनको मतपरिणाम भने मुलुकभरको मतगणना समाप्त भएपछि मात्र घोषणा गरिने आयोगले बताएको छ। राष्ट्रपतिमा सत्तारुढ दल जानु–पिएफका नेता एवं वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा र एमडीसीका नेता नेल्सन चामिसा चुनावी मैदानमा छन्। 

कानुन अनुसार, निर्वाचन आयोगले शनिबारभित्रै निर्वाचन परिणाम घोषणा गर्नुपर्नेछ। जिम्बाबेमा कूल ५६ लाख मतदाता रहेका छन्। उनीहरुले गत सोमबार एकैसाथ राष्ट्रपति र राष्ट्रिय सभाका लागि मतदान गरेका थिए। पूर्व राष्ट्रपति रोबर्ट मुगाबे गतवर्ष सैनिकद्वारा सत्ताच्यूत भएपछि पहिलोपटक यो निर्वाचन भएको हो। 

प्रकाशित: १६ श्रावण २०७५ ०९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App