१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेपाली मुलका भण्डारी मेरिल्याण्ड राज्यसभामा चुनाव लड्दै

अमेरिका- बढ्दो नेपाली मुलको संख्यासंगै अमेरिकी मुलधारको राजनीतिमा पनि प्रवेश हुनेको संख्या बढ्न थालेको छ। स्थानीय राजनीतिमा जसरी नेपाली मुलका व्यक्तिहरु प्रवेश पाएका छन त्यो भन्दा माथिल्लो स्तरको अर्थात राज्यसभाको लागि एक जना नेपाली मुलका ह्यारी भण्डारी प्रतिनिधित्व गर्ने अन्तिम कसरतमा जुटेका छन्। बाल्टिमोर काउन्टीको विकास निर्माणको योजना आयोग सदस्यका रुपमा २०१३ सालदेखि काम गरिरहेका भण्डारी यहि जुन २६ तारिकमा हुने मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ का लागि स्टेट डेलिगेटमा डेमोक्र्याट पार्टीका तर्फबाट प्राईमरी चुनाव लड्न लागेका हुन।

आफुले अहिलेसम्म पार्टीको विभिन्न तहमा बसेर गरेको काम र स्थानीय तहमा संलग्नताको आधारमा पाएको मतदाताको प्रतिक्रिया हेर्दा प्राईमरी निर्वाचन जित्नेमा ढुक्क रहेको उनले बताए। उनी युथ डेमोक्र्याटको नेसनल सेक्रेटरी, अमेरिकन शिक्षक युनियनको भर्खरै मात्र निर्वाचीत मेरिल्याण्डका प्रतिनिधि र डेमोक्र्याट पार्टीभित्र अल्पसंख्यक कससका बोर्ड डाईरेक्टर हुन्। उनले हिलारी क्लिन्टनको निर्वाचनमा नेपाली फर हिलारी भनेर अभियान चलाएका थिए। अमेरिकी डेमोक्र्याट पार्टीमा उपल्लो स्तरमा सम्बन्ध स्थापित गरेका ह्यारीले अमेरिकमा पहिलो पल्ट एसियन अमेरिकन ककस बनाउन निकै ठूलो भूमिका खेलेका थिए।

भण्डारी चुनावी अभियानका क्रममा १८ हजारमध्ये १२ हजार घरमा पुगेर प्रत्यक्ष रुपमा जनताबीच मत मागेका छन्। घर दैलोमा पुग्न नसकिएको घरहरुमा हुलाकबाट चुनावी एजेण्डाहरु पठाएर, व्यस्त चोकहरुमा ह्यारीको व्यानर लिएर प्रचार प्रचार भैरहेको छ। ८० प्रतिशत ह्वाईट अमेरिकनका बीच चुनावी प्रतिष्पर्धामा होमिएका भण्डारी मेरिल्याण्डका चर्चित सिनेटर क्याथी कलौजमैरको टिममा परेका छन्। क्याथी डेमोक्र्याट पार्टीको संस्थागत प्यानलका प्रभावशाली नेता मानिन्छ।

भण्डारीको चुनावी अभियानलाई मेरिल्याण्डको चर्चित पत्रिका ईष्ट काउण्टी टाईम्सले निकै महत्व दिदै राम्रो शिक्षाले नै राम्रो रोजगारको मुख्य आधार भन्ने नारालाई प्रमुखताका छापेको छ। सो पत्रिकाले भण्डारीलाई राम्रो शिक्षा र शिक्षण अभियानको अभियान्ता भन्दै स्थान दिइएको छ। अमेरिकी चुनावमा उम्मेदवार हुनेलाई स्थानीय र राष्ट्रिय पत्रपत्रिकाले ईन्डोर्समेन्ट गर्ने परम्परा नै रहेको छ। प्राईमरी जितेको खण्डमा भण्डारी आगामी नोभेम्बरमा हुने निर्वाचनमा उम्मेदवार हुन पाउँछन्।

निर्वाचनको लागि नियमित घरदैलोमा जुटेको र जतिलाई भेटे राम्रो प्रतिक्रिया पाएको भण्डारीले बताए। मतदाताले आफुले मतदान गरेको व्यक्तिलाई भन्दा बढी एजेण्डाको आधारमा उम्मेदवारहरु चिन्दछन्। अमेरिकामा नेपालीहरुले राजनीति गर्न निकै पापड पेल्नु पर्दछ। कारण भाषा, आर्थिक अवस्था, नियमित सहभागिता र जनताको मन जित्न। राज्यसभाको राजनीतिमा होमिएका ह्यारी अमेरिकामा राजनीति गर्ने थोरै नेपालीहरुमध्ये उपल्लो तहको मानिन्छ। यस अघि अमेरिकामा काउन्सील नगरपालिकामा नेपाली मुलका केहि व्यक्तिले निर्वाचन जितेका छन्। 

 

 

प्रकाशित: २८ जेष्ठ २०७५ १३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App