२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटवार्ताकाे व्यवस्थापन खर्च सिंगापुरले व्यहोर्ने

सिंगापुर - उत्तर कोरियाली नेता किम जोग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे  बहुप्रतिक्षित शिखर वार्ताकाे सम्पूर्ण व्यवस्थापन खर्च सिंगापुर सरकारले व्यहोर्ने भएकाे छ।

केही समय अगाडि उत्तर कोरियामाथिकाे अन्तर्राष्ट्रिय आर्थिक नाकाबन्दीका कारण सिंगापुरमा लाग्ने खर्च आफूले व्यहोर्न नसक्ने नेता किमले बताएका थिए । शिखर वार्ताको खर्च कसले व्यहोर्ने भन्ने विषय प्रष्ट नहुँदै सिंगापुरले वार्ता व्यवस्थापनका लागि लाग्ने सबै खर्च व्यहोर्न तयार रहेको बताएको छ ।

उनीहरूबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय प्रमुख मुद्दा हुनेछ जसलाई राष्ट्रपति ट्रम्पले शान्तिका लागि ‘एक पटकका लागि प्रयास’ भनेका छन्। कोरियाली प्रायद्वीपमा लामो समयदेखि घोषणा गरिएको युद्धविरामलाई शान्ति प्रक्रियामा परिणत गर्नु पनि सम्मेलनको उद्देश्य रहनेछ। 

सम्मेलनका लागि कोरियाली नेता किम एअर चाइना ७४७ को उडानमार्फत सिङ्गापुर उत्रिएका छन्।  त्यसैगरी अमेरिकी राष्ट्रपति औद्योगिक राष्ट्रहरूको समूह जी–७ को क्यानडामा भएको सम्मेलनमा सहभागी भै आइतबार नै सिङ्गापुर आइपुगेका छन्। उनीहरूलाई  सिङ्गापुरका अधिकारीहरूले स्वागत गरेका छन्। सम्मेलनमा एक करोड ५० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०४:५५ सोमबार

ट्रम्प–किम भेटवार्ताकाे व्यवस्थापन खर्च सिंगापुरले व्यहोर्ने