६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले डिपोर्ट गरेका १९९ आप्रवासी भेनेजुएला पुगे

संयुक्त राज्य अमेरिकाबाट निष्कासनमा परेका १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला पुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताए।

‘आज हामी १९९ स्वदेशीहरूलाई स्वागत गर्दैछौँ,’ उनले विमानस्थलमा भने, ‘भेनेजुएलाका मानिसहरू जहाँ भए पनि हामी उनीहरूलाई स्वागत गर्न तयार छौँ।’

प्रत्यक्ष फुटेजमा स्वेटसूट लगाएका युवाहरू राजधानी काराकासबाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखिन्छ। तीमध्ये केही मुस्कुराउँदै र ताली बजाउँदै थिए।

शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकासँग स्वदेश फिर्ती उडान पुनः सुरु गर्ने सम्झौता गरेको घोषणा गरेको थियो। त्यसको केही दिनपछि यो उडान भएको हो। एएफपी

प्रकाशित: ११ चैत्र २०८१ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App