१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत सरकारद्वारा केदारनाथ ‘रोपवे’ स्वीकृति: अब ९ घण्टाको यात्रा केवल ३६ मिनेटमै !

भारत सरकारले बहु प्रतीक्षित केदारनाथ ‘रोपवे’ परियोजनालाई स्वीकृति गरेको छ। झण्डै १३ किलोमिटरको ‘रोपवे’ परियोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो।

यससँगै ‘रोपवे’ माध्यमबाट केदारनाथसम्म यात्रा सहज हुने भएको छ। झण्डै ८-९ घण्टाको पैदल यात्रा वा खच्चड सवारीमा लाग्ने समय अब केवल ३६ मिनेटमा सीमित हुनेछ।

यस परियोजनाबाट वार्षिक हजारौं तीर्थयात्रीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। भारत   सरकारद्धारा जारी गरेको विज्ञप्तिका अनुसार केदारनाथ रोपवे परियोजना डिजाइन, निर्माण, वित्त, सञ्चालन तथा हस्तान्तरण मोडेलमा विकास गरिनेछ।

रोपवे परियोजनाले केदारनाथ जाने यात्रुहरूको लागि वरदान साबित हुन बताइएको छ। रोपवेले लामो पैदल यात्रा गर्नुपर्ने झन्झट हटाएर तीर्थलुहरुको यात्रा समय ३६ मिनेटमा सीमित गर्नेछ।

केदारनाथ रोपवे परियोजनाको स्वीकृति भारतमा धार्मिक पर्यटन पूर्वाधारलाई सुदृढ पार्ने योजनाको हिस्सा हो। अन्य चारधाम गन्तव्यहरूमा पनि यस्तै परियोजनाहरू कार्यान्वयनको क्रममा छन्। जसले यात्रुहरूको लागि तीर्थाटनलाई सहज बनाउनेछ।

सोप्रयागलाई केदारनाथसँग जोड्ने केदारनाथ रोपवेको लम्बाइ १२.९ किलोमिटर हुनेछ। परियोजनाको लागत  भने ४,०८१.२८ करोड रुपैयाँ रहेको छ।

हेमकुण्ड साहिब रोपवे १२.४ किलोमिटर लामो हुनेछ। यसले गोविन्दघाटलाई हेमकुण्ड साहिबसँग जोड्नेछ। हेमकुण्ड साहिब रोपवे परियोजनाको लागत २,७३०.१३ करोड रुपैयाँ रहेको छ। दुवै परियोजनाहरू निर्माण, सञ्चालन र हस्तान्तरण मोडेलमा निर्माण गरिनेछन्।

केदारनाथ रोपवे समुद्री सतहबाट ३,५८३ मिटर उचाइमा रहनेछ। यो विश्वकै सबैभन्दा लामो रोपवेमध्ये एक हुनेछ।

केदारनाथ रोपवेले प्रति घण्टा दुवै दिशामा ३,६०० यात्रु ओसारपसार गर्न सक्ने बताइएको छ।

प्रकाशित: २२ फाल्गुन २०८१ १५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App