८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको राजधानी दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर

भारतको राजधानी दिल्ली विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। आइक्यू एअरको पछिल्लो तथ्याङ्क अनुसार, दिल्ली विश्वका सबैभन्दा प्रदूषित प्रमुख सहरहरूको सूचीमा पहिलो स्थानमा छ।

दिल्लीको वायु गुणस्तर सूचकांक अत्यन्तै खराब (एआईक्यू) ७२१ रहेको छ। तथ्याङ्कले शीर्ष १० भित्र भारतका तीन सहरको अवस्था चिन्ताजनक रहेको देखाएको छ।

भारतकै कोलकाता, मुम्बई क्रमश: आठौं र नवौं स्थानमा सबैभन्दा धेरै प्रदूषित सहरको बनेको छ।

भारतपछि पाकिस्तानको लाहोर ४९९ एआईक्यूका साथ दोस्रो स्थानमा रहेको छ भने भियतनामको हनोइ २०३ एआईक्यूका साथ तेस्रोमा रहेको छ।

सूचीको चौथो स्थानमा खाडी मुलुक कतारको राजधानी दोहा छ। दोहाको एआईक्यू १६३ रहेको छ। पाँचौं स्थानमा १६२ एआईक्यू पाएर मंगोलियाको उलानबाटर छ।

शीर्ष १० भित्र इजिप्टको कायरो, बंगलादेशको राजधानी ढाका र बहराइनको मनामा सहर परेका छन्।

नेपालको वायु पनि मंगलबारको भन्दा कम सुधार देखिएको छ। तेह्रौं स्थानमा रहेको राजधानी काठमाडौंको एआईक्यू १४५ रहेको छ।

वायु प्रदूषण बढ्दा स्वास फेर्न गाह्रो हुनेलगायतका स्वास्थ्य समस्या देखिने गरेका छन्।

प्रकाशित: २८ कार्तिक २०८१ ०९:१६ बुधबार

#delhi #Air Polution