२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफ्रिकी पूर्व राष्ट्रपति विरुद्ध भ्रष्टाचारको १६ आरोप

दुर्बान – दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई भ्रष्टाचारको १६ वटा आरोपमा शुक्रबार उच्च अदालत उपस्थित गराएको छ। 

दक्षिण अफ्रिकाको चौथो राष्ट्रपतिको रुपमा सन् २००९ देखि गत फेब्रुअरी ४ सम्म कार्यकाल सम्हालेका जुमा माथि सन् १९९० मा आफ्ना आर्थिक सल्लाहकार मार्फत फ्रान्सेली सेनाबाट अकुत रकम लिएको आरोप छ।

उनका आर्थिक सल्लाहकार हबिर साइकलाई यस अघि नै सन् २००५ मा सोही मुद्दामा अदालतले दोषी ठहर गर्दै १५ वर्षका लागि जेल चलान गरिसकेको छ।

७५ वर्षीय जुमा अदालतमा उपस्थित हुँदा समर्थकहरूले राजनीतिक पूर्वाग्राहीहरूले फसाउन खोजेको दाबी गर्दै सडकमा नाराबाजी गरेका थिए।

सन् २००९को राष्ट्रपति चुनावमा उम्मेदवारी दर्ता गर्दाताका उनका मुद्दाहरु खारेज गरिएको भएतापनि त्यहाँको भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्ने निकायले उनीविरूद्धको मुद्दालाई पुनः अदालतमा ब्यूँताएको हो।

अदालतले सो मुद्दा आउँदो जुन ३ मा सुनुवाई गर्ने गरी स्थगित गरेको छ। 

प्रकाशित: २३ चैत्र २०७४ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App