१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा हेलेन नामक आँधीका कारण ५० जनाको मृत्यु

अमेरिकामा हेलेन नामक आँधीका कारण ५० जनाको मृत्यु भएको छ। हेलेनका कारण हजारौँ मानिस प्रभावित भएका छन्।

हेलेन आँधीको गति २२५ किलोमिटर प्रतिघन्टा मापन गरिएको छ। विशेषगरी फ्लोरिडाको ग्रामिण क्षेत्रमा यसको बढी प्रभाव देखिएको छ।

त्यसैगरी मेक्सिकोमा शनिवार जोन नामक आँधीका कारण २२ जनाको मृत्यु भएको छ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार मेक्सिकको ग्वेरिरोमा सबैभन्दा बढी क्षति पुगेको छ। ग्वेरिरोमा मात्रै १८ जनाको मृत्यु भएको बताइएको छ।

प्रकाशित: १३ आश्विन २०८१ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App