१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आफ्ना नेतालाई रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने बङ्गलादेशी विद्यार्थीहरूको चेतावनी

बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई हिरासतबाट रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।

सरकारी जागिरमा आरक्षणको विरोध गर्दै भएको प्रदर्शनको क्रममा आधा दर्जनभन्दा बढी विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई रिहा नगरे पुनः आन्दोलनमा जाने एक समूहले चेतावनी दिएको हो।

आन्दोलनको आयोजक ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ का सदस्यले निजामती सेवा भर्ती नियमहरूको बिरूद्ध अभियान चलाएका थिए। यसअघि, उनीहरूले यो हप्ता सप्ताहव्यापी विरोध स्थगन वा अन्त्य गर्ने बताए पनि प्रदर्शनकारी विद्यार्थी नेताहरूको रिहाइ नभएको भन्दै आन्दोलन लम्बिनसक्ने चेतावनी दिएका छन्।

समूहका प्रमुख नाहिद इस्लाम र अन्यलाई रिहा गरिनुपर्छ र उनीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्छ भन्दै चेतावनी दिइएको छ।

प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्याङ्कअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा २०५ जनाको मृत्यु भएको थियो। यो प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा ठूलो उथलपुथल हो।

सेनाको गस्ती र राष्ट्रव्यापी निषेधाज्ञा (कफ्र्यू) आदेश लागु भएको एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि अझैँ जारी छ।

गृहमन्त्री असदुज्जमान खानले तीनै जनालाई आफ्नो सुरक्षाका लागि हिरासतमा लिइएको बताए पनि उनीहरूलाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा होइन भन्ने पुष्टि गरेनन्। रासस

प्रकाशित: १३ श्रावण २०८१ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App