१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। अन्य २ जना गम्भीर घाइते भएका छन्।

तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउँनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले बताए।

घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले बताए। मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको पनि उल्लाहले बताए।

भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ। रासस 

प्रकाशित: २९ फाल्गुन २०८० १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App