१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा आगामी सोमवारदेखि युद्धविराम हुन सक्ने

गाजामा आगामी सोमवारदेखि युद्धविराम हुन सक्ने भएको छ। अमेरिकाका राष्ट्रपति जो बाइडनले सोमवारसम्म गाजामा इजरायल र हमासबीच युद्धविराम हुन सक्ने आशा रहेको बताएका छन्।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इजरायल र हमासका अधिकारीहरूबीच जारी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जारी वार्ताकोबीच उनको यो वक्तव्य आएको हो।

अब हुने युद्धविरामको क्रममा गाजामा राहत सामग्रीको वितरण र गत ७ अक्टुबरमा हमास आक्रमणको क्रममा बन्धक बनाइएका इजरायली नागरिकलाई रिहा गरिने छ।

पछिल्लो समय पेरिसमा ग्रीसको मध्यस्थतामा वार्ता भइरहेको छ भने कतारमा पनि युद्धविराको विषयमा दुबै पक्षबीच वार्ता जारी छ।

दुबै पक्षबीच सहमति भएको खण्डमा युद्धविराम हुँदा हमास नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी पनि रिहा हुन सक्ने आशा जगाएको छ।

प्रकाशित: १६ फाल्गुन २०८० ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App