१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्यालेस्टाइन क्षेत्रमा इजरायलले गरेको कब्जा सम्बन्धी मामिलामा सुनुवाई हुने

इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) मा प्यालेस्टाइन क्षेत्रमा इजरायलले गरेको कब्जा सम्बन्धी मामिलामा सुनुवाई सुरु हुने भएको छ।

१९६७ मा ६ दिनको युद्धपछि इजरायलले प्यालेस्टाइन क्षेत्रमा गरेको कब्जा कानूनी हो वा गैर कानूनी त्यस विषयमा आईसीजेले सुनुवाई सुरु गर्ने भएको हो।

समाचार संस्था रोयटर्सका अनुसार आईसीजेमा ५० भन्दा बढी मुलुकले यस विषयमा आफ्ना आफ्ना पक्ष राख्नेछन्। सुनुवाई २६ फेब्रुअरीसम्म चल्नेछ।

२० वर्ष अघि आईसीजेमा यस्तै प्रकृतिको सुनुवाई भएको थियो। उक्त समय अदालतले  वेस्ट बैँकमा इजरायलले बनाएको पर्खालले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको बताएको थियो। इजरायलले अदालतको उक्त विषयलाई वेवास्ता गरिदिएको थियो।

आईसीजेमा केही समय अघि दक्षिण अफ्रिकाले इजरायलमाथि गाजामा जनसंहार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो।

प्रकाशित: ८ फाल्गुन २०८० १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App