१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘नयाँ कार्यकाल’ वातावरण संरक्षणका लागिः पुटिन

मस्को – रसियाले आगामी केही बर्ष देशको वातावरण संरक्षणमा खर्चिने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

यही मार्चमा हुन गईरहेको रसियाली राष्ट्रपतिको निर्वाचनको शिलशिलामा देशबासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भने, ‘मलाई रसियाली जनताले पुनः एक पटक राष्ट्रपतिका रूपमा निर्वाचित गरेमा मैले आगामी केही बर्ष देशको वातावरण संरक्षणका लागि काम गर्न काम गर्नेछु।’ 

मार्चमा हुने निर्वाचन यदि पुटिनको पक्षमा नै आयो भने उनी आगामी सन् २०२४ सम्म रसियाको राष्ट्रपति बन्नेछन्। निर्वाचनबारे लिइएका प्राय सर्वेक्षणले आगामी निर्वाचनमा पनि पुटिनले दुई तिहाई मतका विजय हुने देखाएका छन्। 

‘दशौँ लाख रसियालीहरूले मापदण्ड अनुसार सफा तथा शुद्ध पिउने पानी पिउन नपाइरहेका समय अहिले दीर्घ तथा स्वस्थ जीवनका विषयमा कुरा गर्न कठिन छ,’ उनले सम्बोधनका क्रममा भने– ‘हामीलाई औद्योगिक प्रदुषणका कारण वातावरणीय मापदण्डलाई सम्बोधन गर्न समस्या भइरहेको छ। मलाई रसियाली जनताले अर्को कार्यकालका लागि निर्वाचित गरेमा यसलाई वातावरण सुधारका प्रयोग गर्नेछु।’ 

उनले आगामी तीन बर्ष (सन् २०१९ देखि सन् २०२१)लाई वातावरणलाई विश्व श्वास्थ्य संगठनले दिएको सीमामा ल्याउन भरपुर प्रयोग गर्ने बताए। 

रसियामा वातावरण संरक्षणको मुद्दा उठाउने संरक्षणविद्लाई कि त निरुत्साहित वा जेल सजाय हुने गरेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाउँदै आएका छन्। 

प्रकाशित: १७ फाल्गुन २०७४ १६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App