१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको प्राकृतिक ग्यास उत्पादन ५.८ प्रतिशतले बृद्धि

चीनको प्राकृतिक ग्यास उत्पादनले सन् २०२३ मा स्थिर वृद्धि दर्ता गरेको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ।

चीनले सन् २०२३ मा २२९.७ अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा ५.८  प्रतिशत बढी हो।

विभागका अनुसार सन् २०२३ मा कूल ११ करोड ९९ लाख ७० हजार टन प्राकृतिक ग्यास आयात गरिएको थियो। यो अघिल्लो वर्षको तुलनामा ९।९ प्रतिशतले बृद्धि हो।  

डिसेम्बरमा मात्रै चीनको प्राकृतिक ग्यास आयातमा २३ प्रतिशत अर्थात् एक करोड २६ लाख ५० हजार टन प्राकृतिक ग्यास आयात गरेको छ। वृद्धि दर नोभेम्बरको तुलनामा १६।४ प्रतिशत बढी रहेको विभागले जनाएको छ। रासस

प्रकाशित: ७ माघ २०८० ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App