१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगान सेनाको कारबाहीमा १९ तालिबान मारिए

कान्दाहार –अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १९ जना तालिवान सम्बद्ध सशस्त्र लडाकूहरु मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बार सो जानकारी दिएका छन्। कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा शुक्रबार बिहान सबेरै सीमा प्रहरी बलले यो कारबाही गरेको थियो। 

यस कारबाहीमा १२ तालिवान आतङ्ककारी घटनास्थलमा नै मारिनुका साथै अन्य छ घाइते भएका रजाकलेजानकारी दिए। 

यस कारबाहीको क्रममा प्रहरीले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ। उनीहरु लुकेर बसेको आश्रयस्थलमा यो कारबाही भएको थियो। 

यस क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन्। तालिबानहरुले पछिल्लो समयमा कान्दाहार क्षेत्रमा आतङ्क मच्चाएको सूचनाको आधारमा यो कारबाही भएको समाचारमा जनाइएको छ। 

गतहप्तामात्र पनि तालिबानहरुले कान्दाहारको एक प्रहरी चौकीमा आक्रमण गरी कैयौं सुरक्षाकर्मीको ज्यान लिएका थिए। सो क्षेत्रमा अहिले प्रहरीले गस्ती बढाएको जनाएको छ। 

प्रकाशित: १ मंसिर २०७४ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App