१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिम्बाबे सेनाद्वारा सरकारी सञ्चार माध्यम नियन्त्रणमा

हरारे– जिम्बाबेका सरकारी सेनाले सरकारी क्षेत्रबाट सञ्चालित रेडियो तथा टेलिभिजनलाई नियन्त्रणमा लिएका छन्। 
जिम्बाबेको राजधानी हरारे नजिकै बम विष्फोटनको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ। 
विष्फोटबारे अनुसन्धान भइरहेको छ । जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेले उप राष्ट्रपतिलाई पदबाट बर्खास्त गरेपछि पछिल्लो समय जिम्बाबेमा राजनीतिक संकट देखा परेको हो। 

राष्ट्रपति मुगाबेले जिम्बाबे सेनाको उक्त कदमलाई सैनिक कुको संज्ञा दिएका छन् । विगत केही दिन अगाडि मात्रै सरकारी सैनिक प्रमुखले जर्बजस्ती उपराष्ट्रपतिलाई पदबाट हटाइएको सरकारी कदम माथि सैनिक हस्तक्षेप गरिने चेतावनी दिए पश्चात् जिम्बाबेमा राजनीतिक संकट बढेको हो । 

सैनिक गतिविधिको निन्दा गर्दै  राष्ट्रपतिले यसले राष्ट्रिय शान्ति स्थापनाको क्षेत्रका गम्भीर असर पार्नै बताएका थिए । 

प्रकाशित: २९ कार्तिक २०७४ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App