१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

परमाणु हतियार परीक्षण कसैले रोक्न सक्दैन : किम जोन उन

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोन उनले कुनै पनि प्रतिबन्ध तथा चेतावनीले परमाणु हतियार परीक्षणलाई रोक्न नसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको नयाँ प्रतिबन्धको निन्दा गर्दै उनले त्यसलाई अमानवियताको पराकाष्ठा भनेका छन्।

विभिन्न नाकाबन्दीका बाबजुत पनि उत्तर कोरियाले  निरन्तरता दिँदै आएको मिसाईल परीक्षणलाई रोक्न चीनले पनि आवश्यक दबाब दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ प्रधानमन्त्री सिजिङ पिङबीच भएको वार्ता पश्चात् राष्ट्रपति ट्रम्पले बताएको सन्दर्भमा उत्तर कोरियाली सर्वोच्च नेताको यस्तो सार्वजनिक भएको हो ।  

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियामाथि दबाब दिनका लागि संयुक्त रूपमा सैन्य अभ्यास गरिरहेका छन्।

उत्तर कोरियाले पछिल्लो पटक जापानमाथि मिसाईल परीक्षण गरेको थियो। उक्त मिसाईलले करिब ३ हजार ७०० किलोमिटरको दुरी तय गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच आइतबार फोन वार्ता भएको थियो। करिब २५ मिनेटको टेलिफोन वार्तापछि उत्तर कोरियामाथि थप दबाब दिइने अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत् बताएका थिए।

अमेरिकाको उक्त अभिव्यक्तिको जवाफ दिँदै उत्तर कोरियाली नेता उनले कुनै पनि प्रतिबन्ध तथा दवाबले मिसाईल परीक्षण नरोक्ने उल्लेख गरेका हुन्। उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइडोजन बमयुक्त मिसाईल परीक्षण गरेको थियो। त्यसपछि बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेको थियो। अमेरिकाको उक्त प्रस्तावलाई चीन, रूस जापान लगायतका १५ मुलुकहरूले पास गरेका थिए।

संयुक्त राष्ट्रसंघको विभिन्न प्रतिबन्ध तथा अन्र्तराष्ट्रिय दबाबका बाबजुत पनि उत्तर कोरियाले मिसाईल परीक्षणलाई निरन्तरता दिँदै आइरहेको छ।
 

प्रकाशित: ३ आश्विन २०७४ ०५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App