२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलले अलजजिरा नेटवर्क बन्द गर्ने

इजराइल – इजरायलले कतारको अलजजिरा नेटवर्क बन्द गर्ने घोषणा गरेको छ । 

इजरायलले उक्त नेटवर्कले आतंकवादलाई समर्थन गरेको आरोप लगाउँदै बन्द गर्ने घोषणा गरेको हो । इजरायलका सञ्चारमन्त्री अयुब काराले यसले विश्वमा आतंकवाद फैलाएका कारण अलजजिराको अरबी र अंग्रेजी दुवै माध्यम प्रसारणमा बन्देज लगाइएको हो । 

साथै उक्त सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई समेत मान्यता नदिइने घोषणा इजरायल सरकारले गरेको छ । यद्यपी सञ्चार माध्यम तथा यसमा कार्यरत पत्रकारहरूले भने सरकारले लगाएको यस आरोपको खण्डन गर्दै सञ्चार माध्यमले निष्पक्ष पत्रकारिता गर्दै आइरहेको र पत्रकारिताको व्यावसायिक मूल्य मान्यताको परिपालन गरेको बताएका छन्। 

यसअघि जोर्डन र साउदी अरेवियाले समेत आफ्ना देशमा रहेको अलजजिरा नेटवर्क बन्द गर्ने घोषणा गरेका थिए । 

साउदी अरेविया नेतृत्वमा ६ मुलुकहरूले कतार माथि लगाइएको नाकाबन्दी हटाउनका लागि अलजजिरा नेटवर्क हटाउनु पर्ने माग समेत राखेको थियो । उक्त मागलाई कतारले अस्वीकार गरेपछि कतारमाथिको नाकाबन्दी अझै हटेको छैन्। 
 
कतार माथि गरिएको कुटनीतिक सम्बन्ध विच्छेदमा यो पनि एक महत्वपूर्ण कदम हो। सर्वप्रथम कतारले अलजजिरा नेटवर्कको सुरुवात १९९६ मा गरेको थियो।  

प्रकाशित: २३ श्रावण २०७४ १०:४९ सोमबार

इजरायलले अलजजिरा नेटवर्क गर्ने