२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यमनमा झाडापखालाका कारण ५१ जनाको मृत्यु

साना – यमनमा झाडापखालाका कारण दुई हप्तामा ५१ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । 

गत अप्रिल २७ देखि अहिलेसम्मको अवधिमा दुई हजार ७५२ ओटा झाडापखालाका बिरामी सरकारी स्वास्थ्य संस्थामा आएको डब्लुएचओद्धारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ । 

यो विवरण राजधानी सानासहित विभिन्न १० प्रदेशको भएको अधिकारीहरुले बताएका छन् । 

“गत दुई हप्तामा झाडापखालाको प्रकोप धेरै ठाउँमा फैलिइसकेकाले अहिले हामी धेरै सतर्क छौँ,” यमनका लागि डब्लुएचओका प्रतिनिधि डा नेभिओ जागारिआले भने । 

यमनमा भइरहेको दुई वर्षदेखिको द्वन्द्वका कारण झडापखालाको प्रकोप बढेको डब्लुएचओले जनाएको छ । 

“भौतिक संरचनाहरु, खानेपानी र सरसफाइमा पर्याप्त ध्यान नदिएकाले झाडापखाला जस्ता रोगहरुले धेरै सताउने गरेको पाईएको छ,” उनले थपे । 

गर्मी मौसमको बेला बर्षाका कारण पानी फोहोर हुने भएकाले झाडापखालाको प्रकोप बढेको डब्लुएचओले जनाएको छ । 

प्रकाशित: २९ वैशाख २०७४ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App