५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले किमको हत्या योजना बनाएको उत्तर कोरियाको दाबी

सिओल- उत्तर कोरियाली शासक किम जोन उनलाई अमेरिकी गुप्तचर संस्था सीआइएले हत्या प्रयासको योजना बुनेको खुलेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरी कोरियाली शासक किमको भेटवार्ताको वातावरण बनाउन सीआइएका निर्देशक दक्षिण कोरिया आएका बेला उत्तर कोरियाले अमेरिकामाथि यस्तो आरोप लगाएको हो। 

उत्तर कोरियाली रक्षा मन्त्रालयका अनुसार अमेरिकी गुप्तचर संस्था दक्षिण कोरियाली चरमपन्थीको साथमा उत्तर कोरिया प्रवेश गरिसकेको र उनीहरुलाई खोजी खोजी मार्ने योजना बनाएको आरोप लगाएको छ। 

उत्तर कोरियाली समाचार संस्थाले किमलाई बायोकेमिकल आक्रमण गर्ने योजना बुनेको उल्लेख गरेको छ। रेडियो विकीरणयुक्त पदार्थ प्रयोग गरिएको बायोकेमिकले आक्रमण गरेको एक वर्षपछि असर गर्ने र किमको मृत्य हुने दाबी सो संस्थाले गरेको छ। 

सो गुप्तचर संस्थाले सार्वजनिक कार्यक्रममै किमको हत्या गर्ने योजना बनाएकोसमेत उत्तरकोरियाले दाबी गरेको छ। जसका लागि उच्च सतर्कता अपनाएको समेत सञ्चारमाध्यममा उल्लेख छ। 

प्रकाशित: २३ वैशाख २०७४ ०८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App