१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसलाई साथ दिने ट्रम्पको घोषणा

रुसको सेन्ट पिटर्स वर्ग सहरमा भएको रेल विष्फोटनमा परि एघार जनाको मृत्यु भएको घटना प्रति दु:ख व्यक्त गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई साथ दिने बताएका छन्।

घटनामा मृत्यु हुने प्रति श्रद्धान्जली व्यक्त गर्दे ट्रम्पले घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

 घटना पछि रुसको सेन्ट पिटरवर्ग सहरमा तीन दिनका लागि शोक घोषणा गरिएको थियो। उक्त सहर विश्वकै व्यस्त रेल सेवा भएको सहरको रुपमा चिनिन्छ। दैनिक बीस हजार भन्दा बढी मानिसहरुले  यस सहरमा रेल सेवाको प्रयोग गर्ने गर्छन्।

राष्ट्रपति ट्रम्पले घटनाका बारेमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अमेरिकाले रुसलाई सहयोग गर्ने बताएका छन्। घटना पश्चात् ट्रम्पले पुटिनसँग फोन बार्ता गरेको र फोन बार्ताकै क्रममा आतंकवाद अन्त्य गर्नका लागि दुवै पक्ष एकजुट भएर लाग्नु पर्ने ट्रम्पले बताएका छन्।

प्रकाशित: २३ चैत्र २०७३ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App