१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गुटेर्रेस राष्ट्रसङ्घको नयाँ महासचिवमा नियुक्त

अमेरिका- संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार पोर्चुगली नागरिक एन्टेनियो गुटेर्रेसलाई औपचारिक रुपमा राष्ट्रसङ्घको महासचिवमा नियुक्त गरेको छ । 

वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा पोर्चुगलका पूर्व प्रधानमन्त्रीसमेत रहेका गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्ने छन्र। 

बिहीबार महासभामा सम्मिलित १९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि उनी राष्ट्रसङ्घको महासचिवमा औपचारिक रुपमा छानिएका हुन्।

गुटेर्रेसले राष्ट्रसङ्घको मानवअधिकार तथा राष्ट्रसङ्घीय प्रणाली सुधार कार्यमा उल्लेखनीय कार्य गरेका छन्।  रासस/एएफपी 

प्रकाशित: २८ आश्विन २०७३ ०१:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App