१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पहिलो टेलिभिजन बहसमा ट्रम्प भन्दा क्लिनटन सशक्त

हेम्पस्टेड (अमेरिका),- अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि सोमबार भएको पहिलो प्रत्यक्ष टेलिभिजन वसह भएको छ । सो बहसमा धेरै मतदाताले डेमोक्रयाटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मन पराएको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।

अमेरिकामा जनमत आफूतिर पार्न राष्ट्रपतीय निर्वाचनका उम्मेदवारहरुको प्रत्यक्ष टेलिभिजन बहसहरुलाई निकै महत्वपूर्ण र निर्णायक मानिन्छ ।

विषयबस्तुदेखि प्रस्तुित सम्मका विभिन्न पक्षलाई हेर्दा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प भन्दा क्लिनटन राम्रो भएको प्रारम्भिक सर्वेक्षणहरुमा देखाइएको छ ।

क्लिनटन दश देखि १५ प्रतिशत सम्म अगाडि रहेको देखिएको हो । बहसका क्रममा क्लिन्टनलाई धेरै पटक ट्रम्पले बोल्नै नदिएर अवरोध पुर्याएका थिए । त्यो अवरोध नै धेरैले नरुचाएको मत सर्वेक्षणमा बताइएको छ ।
अमेरिकामा जनमत आफूतिर पार्न राष्ट्रपतीय निर्वाचनका उम्मेदवारहरुको प्रत्यक्ष टेलिभिजन बहसहरुलाई निकै महत्वपूर्ण र निर्णायक मानिन्छ ।
करिब ९० मिनेट चलेको यो बहसलाई १० करोडभन्दा बढी व्यक्तिले टेलिभिजनमा प्रत्यक्ष हेरेको अनुमान गरिएको छ । अहिले सम्म भएका यस्ता वहसहरु मध्ये यो नै सवै भन्दा धेरैले हेरेको मानिएको छ ।

आज भन्दा ठिक ५६ वर्षअघि राष्ट्रपतिका तत्कालिन उम्मेदवारद्धय जन एफ केनेडी र रिचर्ड निक्सनबीच पहिलोपटक यस्तै बहस भएको थियो ।

सोमबारको बहस एनबीसी न्यूजका लेस्टर होल्टले चलाएका थिए । देशको अर्थतन्त्र, कर प्रणाली, सुरक्षा, जातीयमुद्धा लगायतका विषयमा केन्द्रीत वहसमा दुवै उम्मेदवारले एकअर्काको चर्को आलोचना गरेका थिए ।

क्लिनटनले ट्रम्पलाई करबारे ढाकछोप गरेको आरोप लगाएर कमजोर सावित गर्न खाेजेकी थिइन्।  जवाफमा ट्रम्पले कर लाग्ने आफ्नो आम्दानीको विस्तृत विवरण सार्वजनिक गर्ने बताउदै त्यसका क्लिन्टनले आफू विदेशमन्त्री हुंदाका तीस हजार इमेल सार्वजनिक गर्नु पर्ने शर्त राखेका थिए।

विदेशमन्त्री हुँदा क्लिनटनले इमेलको दुरुपयोग गरेको आरोप लगाउदै आफु माथीको आरोपलाई ओझेल पार्ने प्रयास गरेका थिए।
अठसठ्ठी वर्षीय क्लिन्टन पूर्व विदेशमन्त्री र सांसदका रुपमा अनुभव सम्हालिकसेकी अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन्। उनी४० वर्षको सार्वजनिक सेवाको अनुभवपछि अमेरिकी राजनीतिमा प्रवेश गरेकी हुन्।
त्यसैगरी उमेरले क्लिन्टनभन्दा पाका सत्तरी वर्षीय ट्रम्प अमेरिकी खर्बपति व्यापारी साथै टेलिभिजनका पूर्वप्रत्यक्ष कार्यक्रम सञ्चालक हुन्। रासस/एएफपी/सिन्ह्वा

प्रकाशित: ११ आश्विन २०७३ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App