२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इँटाभट्टा विष्फोटमा परि विहारमा ९ जनाको मृत्यु

पूर्वीभारतको विहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित नौ जना मजदुरको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्।

स्थानीय अधिकारीका अनुसार विहारको राजधानी पटनाबाट एक सय ५४ किलोमिटर उत्तरमा अवस्थित पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ उक्त दुर्घटना भएको हो। घाइतेको रक्सोलको निजी अस्पतालमा उपचार भइरहेको छ।

विष्फोटको जानकारी प्राप्त हुने वित्तिकै उद्धारकर्ता र प्रहरी घटनास्थलमा पुगेका पूर्वीचम्पारण जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ। राज्यको विपद् व्यवस्थापन केन्द्रका उद्धारकर्ता भग्नावशेषमुनि खोजी गरिरहेका छन्। विष्फोटको कारण सार्वजनिक गरिएको छैन। सम्बद्ध निकायले अनुसन्धान थालेको छ।

प्रकाशित: ९ पुस २०७९ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App