२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

‘वंशाणुगत रोग केन्द्र स्थापनाको पहल गर्छु’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले वंशाणुगत रोग केन्द्र स्थापनाको पहल थाल्ने घोष्णा गरेका छन्। वीर अस्पतालले आायोजना गरेको एक कार्यक्रममा बोल्दै राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि वंशाणुगत रोग केन्द स्थापनाका लागि पहल गर्ने बताएका हुन्।

‘नेपालमा वंशाणुगत रोगका विषयमा अध्ययन भएको छैन, वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धानका साथसाथै अत्याधुनिक प्रविधिसहितको उपचार गर्ने छुट्टै वंशाणुगत रोग केन्द्र स्थापना गर्न आवश्यक छ,’ मन्त्री केसीले भने। सोही क्रममा मन्त्री केसीले वंशाणुगत रोगको विषयमा तथ्यांक राख्नुपर्ने र अध्ययन गर्न आवश्यक रहेको बताए।

सो अवसरमा वीर अस्पतालका वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले वीर अस्पतालमा रगतजन्य वंशाणुगत रोगको उपचार निःशुल्क हुँदै आएको र यसले बिरामीलाई राहत पुगेको बताइन्।  वंशाणुगत रोगका सन्दर्भमा सरकारले नीति योजना तर्जुमा गर्न आवश्यक रहेको बताइन्।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा देवनारायण शाह, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामबाबु यादव, वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेत, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान् कोइराला लगायतले यो रोगको विषयमा धारणा राखेका थिए।

प्रकाशित: ६ श्रावण २०७९ ०३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App