१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

उदयपुर सिमेन्टका जिएमलाई कोभिड संक्रमण

जिएम न्यौपाने।

उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका महाप्रबन्धक (जिएम) गोपीकृष्ण न्यौपानेलाई कोभिड संक्रमण भएको छ। दुई साताअघि रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा उनमा कोभिड संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएसँगै उनी उद्योगबाट विदा लिएर काठमाडौँस्थित एक अस्पतालको आइसोलेसनमा उपचार गराईरहेका छन्। उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलका अनु्सार न्यौपानेको स्वास्थ्य अवस्था क्रमिक सुधार भईरहेको छ। ‘जिएमसावलाई अस्ती नै कोभिड संक्रमण भएको पुष्टि भयो, त्यसैले काठमाडौंमै हुनुहुन्छ’, पोखरेलले भने, ‘अहिले उहाँको स्वास्थ्यमा निकै सुधार आईसकेको रिपोर्ट छ।’

जिएम न्यौपानेले पछिल्लो स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए। अस्पतालमै उपचाररत न्यौपानेले पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आईसकेको तर, केही दिन आराम गर्नुपर्ने आवश्यक्ता रहेको बताए। आज मध्यान्ह पुनः स्वास्थ्य परीक्षण गर्ने र त्यसको रिपोर्टपछि अस्पताल बस्नुपर्ने नपर्ने निर्क्यौल हुने उनले बताए।

‘पछिल्लो रिपोर्ट अनुसार कोभिड नेगेटिभ देखिएको छ। अहिले म धेरै हदसम्म सन्चो भएको छु, अब आज दिउँसो डाक्टरहरुले फेरि चेकजाँच गर्दैछन्’, न्यौपानेले भने।’

प्रकाशित: १३ पुस २०७८ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App