१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ३७३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ७३ जनामा कोरोना संक्रमण भएको छ। १ हजार ३ सय २१ जनाको पिसिआर परीक्षण गर्दा २ सय ८१ र ३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय ५, झापामा ८९, सुनसरीमा ६७, इलाममा ८, धनकुटामा ५, पाँचथर, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।  

मोरङको विराटनगरमा ६४, बेलबारी र सुन्दरहरैँचामा ७–७, उर्लाबारीमा ६, ग्रामथान, पथरीशनिश्चरे र बुढीगंगामा ४–४, रतुवामाई, कटहरी र रंगेलीमा २–२, कानेपोखरी र लेटाङमा १–१, झापाको विर्तामोडमा २०, शिवसताक्षीमा १२, भद्रपुर र कनकाईमा ११–११, दमकमा ९, मेचीनगर र अर्जुनधारामा ७–७,  बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, झापा गाउँपालिकामा २, गौरादह, बाह्रदशी र हल्दिबारीमा १–१, सुनसरीको इटहरीमा ३५, धरानमा १८, रामधुनीमा ७, गढीमा ४ र बराहक्षेत्रमा ३, इलामको इलाम नगरपालिकामा ३, सूर्योदय र चुलाचुलीमा २–२, सन्दकपुरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाँचथरमा १, उदयपुरको चौदण्डीगढी र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मंगलबार १ सय ८३ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ८३ महिला र १ सय जना पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ५ आश्विन २०७८ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App