२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थपिए १,८५७ जना नयाँ संक्रमित, २७ को मृत्यु

नेपालमा शनिबार कोभिड १९ का १ हजार ८ सय ५७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कूल १३ हजार १ सय ७६ मा गरेको नमूना परीक्षणमा सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।

मन्त्रालयले कोभिड १९ को पछिल्लो २४ घन्टाको तथ्यांक अद्यावधिक गर्दै सो जानकारी दिएको हो। सो अवधिमा नेपालमा २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यस्तै सोही अवधिमा २ हजार २ सय २२ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित: १२ भाद्र २०७८ ११:१५ शनिबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय