१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

१० हजार १ सय ३३ परीक्षण, २३२८ कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा २३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १ सय ३३ जनामा गरिएको परीक्षणबाट २ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भएको हो।

कूल ५८३७ जनाको पिसिआर र ४२९६ जनाको एन्टिजेन परीक्षण गरिएको जनाउँदै मन्त्रालय  पीसिआर परीक्षणबाट १ हजार ५ सय२७ जना र एन्टिजेन परीक्षणबाट ८ सय १ जनामा संक्रमण भएको उल्लेख गरेको छ।

मन्त्रालयले पछिल्लो २४ घन्टामा ३०६६ जना संक्रमणमुक्त भएको र १९ जनाको ज्यान गएको जनाएको छ। 

प्रकाशित: १९ असार २०७८ १०:५३ शनिबार

स्वास्थ्य तथा जनसंख्या