२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मास्क नलगाई हिड्ने १९ जनालाई प्रतिव्यक्ति २ सय जरिवाना

जारी निषेधाज्ञामा मास्क नलगाई बजार हिडडुल गर्ने १९ जनालाई प्रहरीले  कारबाही गरेको छ। तौलिहवा बजारमा  मास्क प्रयोग नगर्ने  तथा अन्य मापदण्ड पालना नगर्ने लाई नियन्त्रणमा लिई  संक्रमण रोग ऐन र कोभिड –१९ सम्बन्धी अध्यादेश बमोजिम कारवाही गरिएको हो।  

उनीहरुलाई प्रतिव्यक्ति २ सयका दरले जरिवना तिराइएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए। एक पटककालागि जरिवाना तिराइ छाडिएको उनले बताए। प्रहरी,सामुदायिक प्रहरी, नागरिक समाजको संयुक्त आयोजनामा तौलिहवा बजारमा गरिएको सचेतना कार्यक्रममाबीच उनीहरुलाई प्रहरीले कारबाही गरेको थियो।  

कपिलवस्तु नगरपालिकाकी उप प्रमुख लक्ष्मी गुप्ता साउ र प्रहरी उपरिक्षक अधिकारीको अगुवाईमा निकालिएको र्‍यालीले तौलिहवाको गौढी चोक हुदै तौलिहवा बजारको परिक्रमा गरेको थियो। सोक्रममा ४ सय जनालाइ मास्क समेत वितरण गरिएको सामुदायिक प्रहरीका अध्यक्ष देबी प्रसाद बर्माले बताए।  

सचेतनामुलक कार्यक्रममै बजारमा हिडडुल गर्ने व्यक्तिहरुले मास्क लगाए नलागएको अनुगमन समेत गरिएको थियो। प्रहरी उपरिक्षक अधिकारीले सबैमा अनिवार्य मास्क लागएर मात्र हिडन आग्रह गरे। सो क्रममा उप मेयर गुप्ताले तीव्ररूपमा फैलिएको कोरोना माहामारी रोकथाम र नियन्त्रणकालागि सबैले अनिवार्यरुपमा मास्कको प्रयोग गर्नु पर्नेमा जोड दिईन्। 

प्रकाशित: ६ असार २०७८ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App